सीमा अतिक्रमणको विरोधमा नेविसंघले निकाल्यो राँके जुलुस, २१ जना पक्राउ « Khabarhub

सीमा अतिक्रमणको विरोधमा नेविसंघले निकाल्यो राँके जुलुस, २१ जना पक्राउ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकी मुलुक भारत र चीनले गरेको सीमा अतिक्रमणको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

बालाजु क्षेत्रमा निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप गरी २१ नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
विद्यार्थीहरुले भारत र चीनले कब्जा गरेको नेपाली भूमि तत्काल फिर्ता लिन माग राख्दै विगत केही दिन यता प्रदर्शन गर्दै आएका छन् ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा भट्टसहित विद्यार्थी नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी लगायतका २१ नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

प्रदर्शनको क्रममा विद्यार्थीहरुले भारत र चिनले मिचेको भूमी फिर्ता गर , कालापानी , लिपुलेक हाम्रै हो लगायतको नारा लगाएका थिए । उनीहरुले माछापोखरीमा कोणसभा गर्ने तयारी गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : २७ बजे

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

म्याग्दी– यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्