पशुपति दर्शन: बिरामी बोक्नेदेखि सेल्फीमा रमाउनेसम्म (फोटो फिचर) « Khabarhub

पशुपति दर्शन: बिरामी बोक्नेदेखि सेल्फीमा रमाउनेसम्म (फोटो फिचर)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  शिवरात्रीका दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गर्ने दर्शनार्थीको घुइँचो लाग्यो । शिवभक्तहरु बिहान ३ बजेदेखि नै पशुपतिनाथको दर्शनका लागि लाइनमा लागे । लाइनमा लाग्नेहरु आफ्नो मनोकांक्षा पूराहोस् भन्ने हेतुले पशुपतिनाथ मन्दिरको पूर्जाअर्चनामा सरिक भएका थिए । दिनभरको गर्मी त्यसमाथिको निराहार ब्रतले कतिपयको स्वास्थ्यमा समेत समस्या देखिएको थियो । यस्तो स्वास्थ्यमा समस्या देखिनेहरु प्रायः वृद्धवृद्धा बढी थिए । त्यस्ता श्रद्धालु भक्तजनको सेवाभावका लागि विभिन्न शिविरहरु पनि खडा थिए ।

‘सेवा हि परमोधर्म’ (सेवा नै सवैभन्दा ठूलो धर्म) हो भन्ने उद्देश्यका साथ उनीहरुले आफ्नो कर्मलाई दत्तचित्तसाथ निभाएका थिए । लाइनमा लागेकाहरुमध्ये कसैलाई कुनै प्रकारको स्वास्थ्यमा समस्या देखिए हतार हतार शिविरमा लैजान्थे ।

पशुपतिको लाइनमा बस्नेहरु कोही सेल्फीमा रमाएका थिए त कोही नाचगाँन र शिवभक्तिमा । युवायुवतीको जमात सेल्फीमा रमाइरहँदा वृद्धवृद्धाहरु भने गलित, थकित र मलिन मुद्रामा देखिन्थे । उनीहरुलाई पशुपतिनाथको त्यो भीडले सास्ती बनाएको थियो ।

नेपाली सेना तथा पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित मुख्य स्वास्थ्य शिविर, नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित शिविर तथा विभिन्न संघसंस्थाबाट सञ्चालित निःशुल्क स्वास्थ्य शिविरहरु आइतबार साँझबाट नै सञ्चालनमा ल्याइएका थिए ।

शिविरमा सामान्य ओपीडी तथा इमरजेन्सी उपचारको समेत सुविधा दिइएको थियो । ओपीडिमा धेरैजसो उच्च रक्तचाप भएका विरामीहरु आउने गरेको एक स्वयमसेविकाले बताइन् । टाउको दुख्ने, रिगँटा लाग्ने, वाकवाक लाग्ने जस्ता समस्या भएका बिरामीहरुले समेत स्वास्थ्य परीक्षण गराएको थिए ।

खोजतलास केन्द्र

मन्दिर आउने भक्तजनहरुलाई लक्षित गर्दै कोषले खोजतलास केन्द्र पनि सञ्चालन गरेको थियो । महाशिवरात्रीका दिन पाशुपत क्षेत्रमा ठूलो संख्यामा मानिसहरु आउने र भीडभाडमा कोही अलपत्र पर्ने हुँदा यो व्यवस्था गरिएको थियो ।

मन्दिरको दर्शनका लागि पुगेका बालबालिका वृद्धवृद्धा हराउने समस्या बढी थियो । यसरी हराएमा अथवा केही सामान हराएमा सिधै खोजतालास केन्द्र तथा सुरक्षाकर्मीहरुलाई खबर दिनुपर्ने व्यवस्था थियो । खोजतलास केन्द्रले हराएकाहरुलाई खोज्ने र भेटिएकाहरुलाई जिम्मा लगाउने काम गरिरहेको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ७ : २० बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन

राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज केन्द्रीय राजस्व चुहावट नियन्त्रण

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको