झिनो अंकले घट्यो नेप्से « Khabarhub

झिनो अंकले घट्यो नेप्से


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अंकले घटेको छ ।

आइतबार पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै आज पनि नेप्से ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.५३ विन्दुले घटेर २४८.६० विन्दुमा पुगेको छ । नेप्से झिनो अंकले घटेपनि कारोबार रकम भने औसतमा रहेको छ । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहका शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने बढेको छ ।

जलविद्युत् ५.८९, उत्पादन ३८.९१, अन्य ०.३४, सामूहिक लगानी कोष ०.०४ विन्दुले घटेको छ । यस्तै बैंकिङ ०.१, व्यापार ३१.८३, होटल २.१३, विकास बैंक ०.०८, वित्त २.३९, निर्जीवन बीमा १८.५१, लघुवित्त ०.५३, जीवन बीमा २९.२७ विन्दुले बढेको छ । कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु आठ करोड ३९ लाख ६३ हजार ९९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा छ ।

यस्तै एनएमबी बैंक रु तीन करोड ६८ लाख ८१ लाख ६२०, प्राइम बैंक रु दुई करोड ६४ लाख ९२ हजार, कृषि विकास बैंक रु दुई करोड १६ लाख ६३ हजार ४६९, शिवम् सिमेन्ट रु दुई करोड पाँच लाख ६० हजार ६९०, नबिल बैंक रु एक करोड ७७ लाख सात हजार ९५३ र एनआइसि एशिया बैंक रु एक करोड ४० लाख १३ हजार १३ हजार ३२ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज पनि साल्टट्रेडिङ कर्पोरशेनका शेयरधनीले ९.९३ प्रतिशतले कमाए । यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९१, सिनर्जी पावर ५.१९, विशाल बजार कम्पनी ३.९५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संसथा ३.२३, अरुण भ्याली हाइड्रोपावर ३.१६ र गुडबिल फाइनान्सका शेयरधनीले ३.०५ प्रतिशतले कमाए । त्यस्तै, यूनिभर्सल पावर ५.४०, हिमालयन पावर पार्टनर ३.५७, पाँचथर पावर ३.५७, सानिमा माई हाइड्रोपावर ३.१५, नबिल इक्विटी फण्ड ३.०२ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.०१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ७ : १२ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले