उपप्रधानमन्त्री पोखरेलद्वारा नेपालमा लगानी गर्न यूएईलाई आग्रह « Khabarhub

उपप्रधानमन्त्री पोखरेलद्वारा नेपालमा लगानी गर्न यूएईलाई आग्रह


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘दुबई एयर–शो’ मा सहभागी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले यूएईलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

संयुक्त अरब इमिरेटसका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा यूएई गएका उपप्रधानमन्त्री पोखरेलले ‘दुबई एयर–शो’ उद्घाटन गरे ।

उनले  यूएईका शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा यूएई सरकारका उच्च अधिकारीसँग आपसी हितका वृहत्तर विषयमा छलफल गर्दै नेपालमा लगानी गर्न आग्रह  गरेका थिए ।

उपप्रधानमन्त्री पोखरेलले नेपालमा पूर्वाधार विकास, पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । यूएईका प्रधानमन्त्रीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गर्दै आगामी दिनमा नेपालमा लगानीका अवसर खोज्नका लागि यूएईबाट प्रतिनिधि पठाउन तयार रहेको बताएका थिए ।

उनीहरुबीच सैन्य सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपाली श्रमिकको कामप्रति यूएईका प्रधानमन्त्रीले प्रशंसा पनि गरेका थियो । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले यूएईका प्रधानमन्त्रीलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागिताका लागि विशेष निमन्त्रणा दिएका थिए ।

उद्घाटन शत्रका क्रममा उपप्रधानमन्त्री पोखरेलले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग छुट्टै भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी गरेका थिए ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली दूतावास आबुधाबी र नेपाली विजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा आज नेपाली तथा विभिन्न देशका व्यवसायी एवं लगानीकर्तासँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा विशेष छलफल गरेका छन् ।

सन् १९८६ देखि यूएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ । विभिन्न देशले एअर शोलाई शक्ति प्रदर्शनका रुपमा समेत लिने गरेका छन् । यस प्रदर्शनीमा नेपाल पहिलो पटक उच्चस्तरीय नेतृत्वसहित सहभागी भएको हो ।

उपप्रधानमन्त्री पोखरेल यही मङ्सिर ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ९ : ०५ बजे

एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश