इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार स्थानीय समय अनुसार शनिबार बिहान ५ बजेर ५८ मिनेटमा गएको भूकम्पबाट हालसम्म कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

फ्लोरेस क्षेत्र भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । सन् १९९२ मा यही क्षेत्रमा ७.७ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीमा ठूलो जनधनको क्षति भएको थियो।

इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले जारी गरेको विज्ञप्ति अनुसार माउमेरे बन्दरगाहमा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

भूकम्पको केन्द्रविन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्दे सहरबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा र जमिनबाट १० किलोमिटर गहिराइमा रहेको थियो । मुख्य भूकम्प गएको आधा घण्टाभित्रै ५.९, ५.६ र ६.१ म्याग्निच्युडका तीनवटा शक्तिशाली पराकम्पहरू महसुस गरिएका थिए।

भूकम्पका कारण माउमेरे क्षेत्र र बन्दरगाह आसपासका थुप्रै घर तथा भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पपछि इन्डोनेसियाको मौसम तथा भूगर्भ एजेन्सीले प्रभावित तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गर्दै सर्वसाधारणलाई नदी किनार र समुद्र तटबाट टाढा रहन तथा उच्च भूभागतर्फ जान आग्रह गरेको थियो ।

तस्बिर : एएफपी

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ८ : ४१ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक