बिडीसीए कप क्रिकेट बिहीबारदेखि « Khabarhub

बिडीसीए कप क्रिकेट बिहीबारदेखि


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्लामा बिहीबारदेखि ‘बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को १९औँ संस्करण शुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोलीको सहभागीता रहने छ ।

मङ्सिर १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेताले रु ३० हजार तथा उपविजेताले रु २० हजार पुरस्कार प्राप्त गर्ने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु पाँच हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका खेल देहीमाडौँस्थित निङ्गलाशैनी खेल मैदान तथा बुड्डास्थित बुड्डाबाजे क्रिकेट मैदानमा हुने छन् ।

देहमाडौँस्थित निङ्गलाशैनी खेल मैदानमा प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतिभाको खोजी गर्न तथा निकट भविष्यमा हुने प्रदेश र राष्ट्रियस्तरका खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष चन्दले बताए। सङ्घले २०५८ सालदेखि निरन्तर रुपमा बिडीसीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

गत वर्ष सम्पन्न १८औँ संस्करणको उपाधि कालाशैनी क्रिकेट क्लबले जितेको थियो । फाइनलमा कालाशैनीले निङ्गलाशैनी क्रिकेट क्लब (एनसीसी)लाई नौ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : ४४ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्