बिडीसीए कप क्रिकेट बिहीबारदेखि « Khabarhub

बिडीसीए कप क्रिकेट बिहीबारदेखि


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्लामा बिहीबारदेखि ‘बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को १९औँ संस्करण शुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोलीको सहभागीता रहने छ ।

मङ्सिर १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेताले रु ३० हजार तथा उपविजेताले रु २० हजार पुरस्कार प्राप्त गर्ने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु पाँच हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका खेल देहीमाडौँस्थित निङ्गलाशैनी खेल मैदान तथा बुड्डास्थित बुड्डाबाजे क्रिकेट मैदानमा हुने छन् ।

देहमाडौँस्थित निङ्गलाशैनी खेल मैदानमा प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतिभाको खोजी गर्न तथा निकट भविष्यमा हुने प्रदेश र राष्ट्रियस्तरका खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष चन्दले बताए। सङ्घले २०५८ सालदेखि निरन्तर रुपमा बिडीसीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

गत वर्ष सम्पन्न १८औँ संस्करणको उपाधि कालाशैनी क्रिकेट क्लबले जितेको थियो । फाइनलमा कालाशैनीले निङ्गलाशैनी क्रिकेट क्लब (एनसीसी)लाई नौ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : ४४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली