चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती   « Khabarhub

चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती  


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वालिङ– मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन् ।

उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका छन् । यतिखेर सार्की परिवारको जीवन गुजाराको प्रमुख आधार अकबरे खुर्सानी बनेको छ । 

बाँदरले नखाने, बजार मूल्य राम्रो र खेती गर्न सरल हुने भएकाले उनले अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेका हुन् । 

‘१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरू लगाएको छु,’ उनले भने, ‘अहिले त आम्दानी लिन थालिसकेको छु ।’ 

उनले हालसम्म ८०० केजी खुर्सानी प्रतिकेजी २०० का दरले बिक्री गरिसकेका छन् । उनले छोटो अवधिमा खुर्सानी बिक्रीबाट एक लाख ६० हजार आम्दानी बटुलिसकेका छन् । 

‘यहाँ उत्पादित खुर्सानी बिक्रीका लागि बजारको समस्या छैन,’ उनले भने, ‘स्थानीय र पोखराका बजारमा खुर्सानी बिक्री हुँदै आएको छ ।’

चार वर्ष मलेसियमा काम गरेर फर्किएका उनले अन्ततः आफ्नै गाउँमा खुर्सानी खेती गरी सन्तोष जनक आम्दानी गरेका छन् । 

बाँझो जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको सार्कीले दिएका छन्।
 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  २ : ०६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको