समुद्रले निल्दै नाइजेरियाली बस्ती « Khabarhub

समुद्रले निल्दै नाइजेरियाली बस्ती


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै सङ्कटमा परेको छ । हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने समुद्रले बगाएका घरका भग्नावशेष अहिले बाँकी रहेको जमिनमा छरिएका छन् । घर गुमाएका परिवारहरू भित्री भूभागमा पुनःनिर्माण गरेर बस्न थाले पनि केही समयमै समुद्रले फेरि उनीहरूको बस्तीलाई चपेटामा पार्ने गरेको छ ।

डुङ्गाबाट मात्र पुग्न सकिने बालुवाको साँघुरो भूभागमा हिँड्दै ३५ वर्षीय थोम्पसन अकिङबोयले भने, “हामी मानिसहरूका घरमाथि हिँडिरहेका छौँ ।” करिब १० हजार मानिसको बसोबास रहेको आयटोरो सन् १९४७ मा सामुदायिक स्वामित्वमा आधारित समाज निर्माण गर्न चाहने कम्युनिस्ट विचारबाट प्रभावित इसाईहरूको समूहले स्थापना गरेको थियो । तर सन् २००० को दशकदेखि बस्तीमा तटीय क्षरण तीव्र हुँदै गएको छ ।

इलाजे जिल्लाका अन्य १९ समुदाय पनि यसबाट प्रभावित छन् । नगर योजना विशेषज्ञ बार्नाबास ओगिरिमा जेम्सको अध्ययनअनुसार सन् १९८७ देखि २०२२ सम्म आयटोरोको तटरेखा हरेक वर्ष औसत १५ मिटर पछाडि सरेको छ । सन् २०२४ मा प्रकाशित ‘साइन्टिफिक रिपोर्ट’ को अध्ययनले पश्चिम अफ्रिकाको गिनीको खाडीमा समुद्री सतह हरेक वर्ष करिब ३.९ मिलिमिटरले बढिरहेको र यो विश्वव्यापी औसतभन्दा १०.५ प्रतिशत बढी रहेको जनाएको थियो ।

आयटोरोका परम्परागत राजा ओलुवाम्बे ओजाग्बोहुन्मीले १४ वर्षअघि खिचिएको तस्बिर देखाउँदै भने, “त्यतिबेला यहाँ भवनहरू थिए । अहिले तीमध्ये कुनै पनि बाँकी छैनन् ।” उनका अनुसार दरबारमा पहिले करिब १०० कोठा थिए, अहिले करिब एक दर्जन मात्र बाँकी छन् । समुद्र नजिकिएको उहाँको शयनकक्षमा राति छाल पर्खालमा ठोक्किएको आवाज सुनिन्छ । “यो हाम्रो भूमि हो । हामी कहाँ जाने ? यो निकै जटिल अवस्था हो”, उनले भने ।

अप्रिलमा आएको आँधीका कारण समुद्रको सतह बढ्दा दरबारका बासिन्दा एक सातासम्म घरभित्रै थुनिएका थिए । राजाका व्यक्तिगत सहायक तथा माछा मार्ने अकिङबोयका अनुसार सन् २०१९ मा समुद्रले उहाँका बुबाको घर बगाएपछि आफूले जोगाउन सकेको एउटै वस्तु विश्वविद्यालयको प्रमाणपत्र थियो । केही परिवार तीन पटकभन्दा बढी स्थानान्तरण भइसकेका छन् ।

लागोस विश्वविद्यालयका ल्यान्डस्केप आर्किटेक्चर अनुसन्धानकर्ता ओलुवासेगुन बाबातुन्डे एसानका अनुसार तीव्र सहरीकरणसँगै बाढीका मैदान, दलदल र तटीय क्षेत्रसमेत मानव बसोबास तथा औद्योगिक गतिविधिका लागि प्रयोग भइरहेकाले समस्या थपिएको हो । उनले तटीय क्षेत्रमा कडा नियमनसँगै म्यानग्रोभ र नरिवलका रूख रोपेर प्राकृतिक अवरोध विकास गर्न सुझाव दिनुभयो । समुद्री पानीको अतिक्रमणले आयटोरोको स्वास्थ्य र शिक्षामा समेत असर पारेको छ ।

बस्तीको एकमात्र स्वास्थ्य केन्द्र पानीको चपेटामा परेको छ । स्वास्थ्यकर्मी ओमोमी ओलुवासेनले पानी कहिलेकाहीँ झ्यालसम्म पुग्ने गरेको बताए । समुद्री पानीका कारण खानेपानी प्रदूषित हुँदा टाइफाइड र झाडापखालाजस्ता पानीजन्य रोगको जोखिम बढेको उनले बताए ।

४५ वर्षीय शिक्षक सन्डे अकिन्जोयका अनुसार विद्यालयहरू पनि घरहरूजस्तै पटक–पटक स्थानान्तरण गर्नुपरेको छ । “यसले बालबालिकामा मनोवैज्ञानिक असर पारेको छ । उनीहरूको पढाइमा ध्यान केन्द्रित गर्ने क्षमता निकै घटेको छ”, उनले भने । जलवायु परिवर्तनसँगै समुद्री सतह बढ्दै जाँदा आयटोरोजस्ता नाइजेरियाली तटीय बस्तीमा घर, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सङ्कट झन् गहिरिँदै गएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ३ : ३२ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट