विपिनको ‘सेल्फी किङ’ यो मितिमा रिलिज हुने, पोस्टरमा यस्तो रुप | Khabarhub Khabarhub

विपिनको ‘सेल्फी किङ’ यो मितिमा रिलिज हुने, पोस्टरमा यस्तो रुप


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहने फिल्म ‘सेल्फी किङ’ माघमा रिलिज हुने भएको छ । यस वर्ष चर्चामा रहेका फिल्ममध्ये यो फिल्म पनि एक हो ।

निर्माण टिमले माघ २४ लाई प्रदर्शन मिति तोक्दै विपिनको चरित्र झल्किने एक पोस्टर समेत सार्वजनिक गरेको छ । फिल्ममा विशाल सापकोटाको निर्देशन रहनेछ । यही फिल्ममार्फत विशालले निर्देशनमा डेब्यु गरेका छन् ।

कमेडी ड्रामा भनिएको यो फिल्ममा विपिनले एक हास्यकलाकारको भूमिका निभाएका छन् ।

यस्तै फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, लोकमणि सापकोटा, अभय बराल, कमल देवकोटा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

गत वर्ष ‘प्रसाद’ निर्माण गरेका सुभाष थापा र निर्देशन गरेका दिनेश राउतले संयुक्त लगानीमा यो फिल्म निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : ०० बजे

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

आज २०८२ साल असार २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २३ गते सोमबार। असार

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको