विपिनको ‘सेल्फी किङ’ यो मितिमा रिलिज हुने, पोस्टरमा यस्तो रुप « Khabarhub

विपिनको ‘सेल्फी किङ’ यो मितिमा रिलिज हुने, पोस्टरमा यस्तो रुप


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहने फिल्म ‘सेल्फी किङ’ माघमा रिलिज हुने भएको छ । यस वर्ष चर्चामा रहेका फिल्ममध्ये यो फिल्म पनि एक हो ।

निर्माण टिमले माघ २४ लाई प्रदर्शन मिति तोक्दै विपिनको चरित्र झल्किने एक पोस्टर समेत सार्वजनिक गरेको छ । फिल्ममा विशाल सापकोटाको निर्देशन रहनेछ । यही फिल्ममार्फत विशालले निर्देशनमा डेब्यु गरेका छन् ।

कमेडी ड्रामा भनिएको यो फिल्ममा विपिनले एक हास्यकलाकारको भूमिका निभाएका छन् ।

यस्तै फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, लोकमणि सापकोटा, अभय बराल, कमल देवकोटा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

गत वर्ष ‘प्रसाद’ निर्माण गरेका सुभाष थापा र निर्देशन गरेका दिनेश राउतले संयुक्त लगानीमा यो फिल्म निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : ०० बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक