हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै « Khabarhub

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेका छन्। सर्वोच्च अदालतको आदेशपछि श्रेष्ठलाई हिरासतबाट मुक्त गरिएको हो ।

सर्वोच्चले श्रेष्ठलाई हिरासतमा राखिरहन आवश्यक नदेखिएको भन्दै हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । अदालतले समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको समेत स्पष्ट गरेको छ ।

एक युवतीको तस्बिरसहित जनआस्थामा प्रकाशित सामग्रीलाई लिएर श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता उल्लङ्घनको जाहेरी परेको थियो । अदालतमा उक्त तस्बिर जाहेरवालाले नै आफ्नो फेसबुकमा सार्वजनिक गरेको प्रमाणसमेत पेश भएको थियो ।

सर्वोच्चले सामाजिक सञ्जालमा व्यक्तिले आफैँ सार्वजनिक गरेको सामग्रीलाई सञ्चारमाध्यमले प्रकाशन गरेको मात्रै आधारमा फौजदारी कसुरको रूप दिन र सम्पादकलाई थुनामा राख्न उचित नहुने व्याख्या गरेको छ।

यता श्रेष्ठविरुद्ध उपसभामुख रूवी कुमारी ठाकुरले पनि जोहेरी दिएकी छन् । सोहीकारण पुनः कानुनी प्रक्रियामा तानिने वा धरपकड हुन सक्ने सम्भावना छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ९ : १४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५