हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ « Khabarhub

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्। सोमबार अदालतले उनलाई हिरासतबाट छाड्न आदेश दिएको थियो ।

रिहा भएपछि श्रेष्ठले हिरासतमा आफूलाई कानुन व्यवसायीसँग समेत भेट गर्न नदिइएको बताएका छन् । उनले पछिल्लो घटनालाई आफूविरुद्धको दबाबको सुरुवात भएको भन्दै आगामी दिनमा अरूले पनि यस्तै अवस्था भोग्नुपर्ने हुन सक्ने आशङ्का व्यक्त गरे ।

श्रेष्ठले आफूले देखेको र सत्य ठानेको विषयमा समाचार लेख्दा विगतमा पनि सत्ताको दबाब तथा ज्यादती सामना गरेको बताए । तर यस्ता घटनाबाट आफू पछि नहट्ने उनको भनाइ छ ।

‘कानुन व्यवसायीलाई समेत भेट्न दिएनन्। तर मैले हारेको छैन। म हार्दिनँ। म नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ,’ श्रेष्ठले भने ।

उनले गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन सार्वजनिक गरेदेखि नै केही पक्ष असन्तुष्ट रहेको दाबी गरे । सरकारलाई कानुन हातमा लिएर राज्यका संयन्त्र सञ्चालन नगर्न पनि उनले चेतावनी दिए ।

श्रेष्ठले पत्रकारितामार्फत आफूले देखेका विषय सार्वजनिक गर्ने कामलाई निरन्तरता दिने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ९ : २३ बजे

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६