मकवानपुरमा स्कार्पियो खोल्सामा खस्यो, उच्च अदालतका न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते « Khabarhub

मकवानपुरमा स्कार्पियो खोल्सामा खस्यो, उच्च अदालतका न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कार्पियो मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।

भीमफेदी गाउँपालिका-६ स्थित जुरीखेलमा मंगलबार बिहान करिब ७ बजे प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ५०-६० मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनामा परेर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी र रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडू घाइते भएका छन्। दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

त्यस्तै, दुर्घटनामा रजिस्ट्रार बडूकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडू गम्भीर घाइते भएकी छन्। उनका २५ वर्षीय छोरा रितेन्द्र बडू, ३१ वर्षीया दिदी रिता बडू र गाडी चालक ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ८ : ५७ बजे

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

टोकियो- पूर्वी जापानको चिबा प्रिफेक्चरमा गत साता परेको कीर्तिमानी मुसलधारे