कृषिसहित पाँचवटा समितिको बैठक बस्दै « Khabarhub

कृषिसहित पाँचवटा समितिको बैठक बस्दै


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री, मन्त्रालयका सचिव र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल, राष्ट्रिय प्रकृति संरक्षण कोषका संयोजकलाई आमन्त्रण गरिएको छ ।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरुका विषयमा छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन गर्ने कार्यसूची छ ।

संघीयता सबलीकरण तथा राष्ट्रि सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतितिधित्व सुनिश्चित गर्ने सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ८ : ५४ बजे

वर्षमाले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा