लामो छ सुस्मिता सेनको ‘अफेयर्स’ लिस्ट, बिहे नगरी बनेकी छिन् २ बच्चाकी आमा « Khabarhub

लामो छ सुस्मिता सेनको ‘अफेयर्स’ लिस्ट, बिहे नगरी बनेकी छिन् २ बच्चाकी आमा


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा यस्ता कलाकारको सूची लामो छ, जसले एकपछि अर्को गर्दै हिट फिल्म दिए र पछि दूरी बढाए ।

यस्तै अभिनेत्रीमा पर्छिन् सुस्मिता सेन पनि । उनले सन् १९९४ मा मिस युनिभर्स जितेर बलिउडमा इन्ट्री गरेकी थिइन् । उनले कैयन् बलिउड सितारासँग काम गरेकी छिन् । तर पछिल्लो समय भने फिल्म क्षेत्रबाट टाढा छिन् ।

सुस्मिता सेनलाई आफ्नो इच्छामा जिउन चाहने नायिकाका रुपमा पनि लिने गरिन्छ । उनी आज ४४ वर्ष पुगेकी छिन् । न त उनले बिहे नै गरेकी छिन् ।

उनी यतिबेला आफूभन्दा १५ वर्ष कान्छा मोडल रोहमन शालसँग अफेअरका कारण चर्चामा छिन् । तर, यो नयाँ कुरा होइन किनकि सुस्मिताको जीवनमा १० भन्दा बढी अफेअर चलेका थिए ।

उनी कैयन् फिल्म हस्तीसँगको प्रेमसम्बन्धका कारण चर्चामा रहिन् । एकपटक उनको नाम निर्देशक विक्रम भट्टसँग पनि जोडिएको थियो । त्यतिबेला विक्रम २७ र सुस्मिता २० मा थिए ।

विक्रम भट्टसँग उनको अफेअरको खुबै चर्चा भयो । यतिसम्म कि विक्रमको आफ्नी पत्नीसँग पनि पारपाचुके भयो । त्यतिबेला विक्रमले आत्महत्या गर्ने कोशिश पनि गरे ।

सुस्मिताको नाम कलाकार रणदीप हुड्डासँग पनि जोडियो । दुवै धेरैपटक एकसाथ देखिए । तर, यी दुईको सम्बन्ध धेरै लामो समय रहन सकेन ।

सुस्मिताको नाम रितिक भसिन, बन्टी सजदेह, संजय नारान, शबीर भाटिया, इम्तियाज खत्री, मुदस्सर अजीज, वसीम अकरम, मानव मेननसँग पनि जोडिएको थियो ।

सुस्मिताले अहिलेसम्म बिहे गरेकी छैनिन् । उनी दुई छोरीकी आमा हुन् । सुस्मिताले कअिअरको शुरुवातमै रेनीलाई छोरीका रुपमा अपनाएकी थिइन् । त्यसको केही वर्षपछि उनले अलिशालाई पनि ‘एडप्ट’ गरेकी थिइन् ।

-एजेन्सी

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : ३६ बजे

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच