नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७  परिवारले पाए लालपुर्जा « Khabarhub

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७  परिवारले पाए लालपुर्जा


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो। 

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ५७ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १२ : ०१ बजे

जब किशोर श्रेष्ठलाई पक्रिन दौडिएको प्रहरी दुवै पटक खाली हात फर्कियो

काठमाडौं- आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई

धर्ना बसेका सहकारी-लघुवित्तपीडित भेट्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी-लघुवित्तपीडितलाई भेट्न पुल्चोक

बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन : तीन वर्षको सम्झौता, दश वर्षमा पनि बनेन

खोटाङ–  जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन केपिलासगढी

पार्टीभित्रका असन्तुष्ट नेताहरूसँग निरन्तर छलफलमा छु : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट नेताहरूसँग आफू

जनकविको श्रेष्ठ बिदाइ (तस्बिर)

काठमाडौं– जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम बिदाइमा सरकारका मन्त्री र विभिन्न पार्टीका