स्कुटरसहित पानीमा डुबेको अवस्थामा पुरूषको शव « Khabarhub

स्कुटरसहित पानीमा डुबेको अवस्थामा पुरूषको शव


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- यहाँस्थित हेटौंडा उपमहानगरापलिका-५ क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । मंगलबार बिहान शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

हेटौंडा-५ को माछा प्लाननजिकै एक पुरुषको शव भेटिएपछि त्यहाँबाट निकालेर अनुसन्धान अघि बढाइएको हो ।

मृतक हेटौंडा उपमहानगरपालिका–६, चौघडामा बस्दै आएका बनेपा नगरपालिका-६, नालाका आवास रञ्जितकार रहेको खुलेको छ।

​स्थानीयका अनुसार घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको जस्तो देखिएको छ।

शवसँगै पानीमा डुबेको अवस्थामा नीलो रङको यामाहा रे-जेडआर स्कुटर पनि फेला परेको छ। घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १२ : ०८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५