प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड « Khabarhub

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् । 

सांसदले खाना पकाउने ग्यासको विकल्पमा  विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

प्रतिनिधिसभा बैठकको आजको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने विचार व्यक्त गरे । 

‘वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ’, उनले भने । 

बैठकमा उनले मनसुनजन्य विपद्का कारण सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारणको जनजीवन कष्टकर हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए ।   

बैठकमा सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको बताए । 

उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनः स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे । 

सांसद प्रेमबहादुर बयकले सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको भन्दै सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए । 

सांसद प्रकाश पाठकले झापामा जङ्गली हात्तीका कारण स्थानीयवासी समस्यामा परेको बताउँदै बस्तीमा प्रवेश गर्ने हात्तीको व्यवस्थापनका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सरकारसँग माग गरे । उनले सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए । 

सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत् सेवा प्रभावित भई स्थानीयवासी सौर्य ऊर्जामा निर्भर हुनुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
 
सभामुख डोलप्रसाद अर्यालले सदनमा उठेका विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन सोमबारको बैठकमा रूलिङ गरेपछि आजदेखि विपक्षी सांसदहरूले बैठकको आरम्भमा स्थानबाट उठेर प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे विरोध गर्ने क्रम अन्त्य गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १ : १४ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई