स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ « Khabarhub

स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष रूपमा थप सुदृढ गरी पूरा गरिने बताएका छन् । 

आयोगको कार्यालयमा आज पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा उनले वर्तमान नेतृत्व सबै पूर्वपदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । 

निर्वाचन आयुक्त सगुन शम्शेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम कामहरूका बारेमा पूर्व प्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराएका थिए । 

छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्रविधिगत, व्यवस्थापकीय सुधारलगायत विविध विषयमा छलफल भई समसामयिक सुधारका लागि पृष्ठपोषण प्राप्त भएको आयोगका निमित्त सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

छलफलमा पूर्वप्रमुख आयुक्त, आयुक्त र वर्तमान आयुक्तहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ६ : १८ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर