बागलुङमा ग्यासको सास्ती : उज्यालो नहुँदै लाइनमा उपभोक्ता (तस्बिरहरू) « Khabarhub

बागलुङमा ग्यासको सास्ती : उज्यालो नहुँदै लाइनमा उपभोक्ता (तस्बिरहरू)


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बागलुङ– प्रशासनले आपूर्ति सहज भएको दाबी गरेपनि बागलुङका उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् ।

मंगलबार मात्रै बागलुङ बजारमा एक हजार ७५ वटा ग्यास आएको छ । उक्त ग्यास १६ वटा डिलरले वितरण गरेका छन् । ग्यास डिलरमा उपभोक्ताको भिड बढेपछि प्रहरीसमेत खटाइएको थियो ।

बजारका विभिन्न ठाउँमा ग्यास लिन उपभोक्ता लाइन लागेको देखिन्थ्यो । मंगलबार बिहान ३ बजेदेखि नै उपभोक्ता लाइन लाग्न थालेका थिए । 

एक सिलिण्डर ग्यास पाउन तीन घण्टासम्म लाइन बस्नु परेको उपभोक्ताको गुनासो छ ।

बागलुङमा गृहलक्ष्मी, शक्ति, नेपाल, एवानलगायत ब्राण्डका ग्यास वितरण हुँदै आएको छ । प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई साताअघि एक जनालाई पक्राउ गरेको थियो । 

अहिले बिक्रेताले समेत ग्यास मौज्दात राख्न छोडेका छन् । विक्रेताले उपभोक्ताको भिड बढेपछि अहिले ‘कार्ड सिस्टम’ लागु गरेका छन् ।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ७ : १७ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर