रेडक्रसको जग्गा खरिदमा हिनामिना, पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ « Khabarhub

रेडक्रसको जग्गा खरिदमा हिनामिना, पूर्वअध्यक्ष सञ्जीव थापासहित ५ जना पक्राउ


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँ अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल रेडक्रसका पूर्वअध्यक्ष सञ्जीव थापा पनि छन्।

सीआईबीका अनुसार रेडक्रस सोसाइटीभित्र भएको वित्तीय अनियमिततासम्बन्धी सरकारी छानबिन प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानका क्रममा रेडक्रसले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा गोदामघर निर्माणका लागि जग्गा खरिद गर्न बोलपत्र आह्वान गरेको खुलेको छ। बोलपत्रमा कित्ता नम्बर ८६३, ४९६, ४९७ र ५८१ को कुल ५ रोपनी १३ आना ३ पैसा जग्गा उल्लेख गरिएको थियो।

तर, बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरेको देखाई रकम हिनामिना गरिएको सीआईबीको दाबी छ।

जग्गा खरिदका लागि रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। त्यसमध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलिया र रेडक्रसका पदाधिकारीले मिलेमतो गरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।

यस्तै, कागजातमा उल्लेख गरिएको जग्गाको क्षेत्रफलभन्दा फिल्डमा वास्तविक जग्गा कम रहेको समेत पाइएको छ। नापी कार्यालय भक्तपुरले गरेको नापजाँचमा वास्तविक क्षेत्रफल ५ रोपनी ६ आना २ पैसा १ दाम मात्रै रहेको खुलेको छ।

सीआईबीले यस प्रकरणमा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुरठिमी–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, काठमाडौं–२६ का ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, भक्तपुर मध्यपुरठिमी–१ का ७० वर्षीय सञ्जीव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन्।

पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीले जनाएको छ।

मानवीय सेवाका लागि स्थापित रेडक्रसमा भएको भनिएको आर्थिक अनियमितताले संस्थाको आर्थिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ। सीआईबीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ७ : २३ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर