चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने « Khabarhub

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार उनीहरूसँगको छलफलमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जगदीश अग्रवालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनीहरूको श्रमको अवधि, पारिश्रमिक र बिदाबारे सन्तुलन मिलाउन आवश्यक रहेको अग्रवालले बताए । ”चिकित्सकहरूमाथि मानसिक र शारीरिक चाप हुनुहुँदैन । कुनै पनि प्रकारको शोषण हुनुहुँदैन । श्रम, पारिश्रमिक र आराम सबैलाई सन्तुलित ढंगले अघि बढाउने विषयमा सरकार प्रतिबद्ध छ,” उनले भनेका छन्,”चिकित्सकहरूको स्तर वृद्धिका लागि र विकृति अन्त्य लागि नियमित अनुगमन हुनेछ ।”

छलफलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष देवेन्द्र बहादुर खत्रीले चिकित्सकहरूको श्रम अवधि र आरामको सुनिश्चितताका लागि नीतिगत व्यवस्था गर्नुपर्ने बताए । चिकित्सकहरूका लागि ९० प्रतिशत हाजिरी अनिवार्य र हप्तामा एक दिन बिदाको व्यवस्था हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ९ : ४२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५