झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण « Khabarhub

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न स्थानमा छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । 

कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ ।

कार्यालयका अनुसार गौरादह नगरपालिका–१ बाट कमल बासबारी जोड्ने सडकअन्तर्गत कृष्णखोलामा, गौरादह नगरपालिका–५ स्थित निरौला गाउँको चन्दु खोलामा र दमक नगरपालिका–८ र ९ स्थित जलपाथिभरा देवी जाने बाटोअन्तर्गत दिपेनी खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।

त्यस्तै, कचनाकवल गाउँपालिका–७ स्थित साविक बालुवाडी–९ र वडा नं ३ जोड्ने बालुवा खोलामा, बिर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने स्थानमा तथा बाह्रदशी गाउँपालिकाको कटहरडाँगी जाने बाटोअन्तर्गत अनुवा खोलामा पनि झोलुङ्गे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

यसैगरी, गत आवमै मेचीनगर नगरपालिका–४ र भद्रपुर नगरपालिका–९ जोड्ने फुलबासा खोलामा ५० मिटर लामो मोटरेबल सडक पुल निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख महतोले जानकारी दिए।

पूर्वाधार निर्माणतर्फ कार्यालयले गत आवमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । 

यस्तै, ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान र ९०० मिटर सडक मर्मतसम्भार गरिएको कार्यालयले जनाएको छ । 

गत आवका लागि कार्यालयलाई एक अर्ब ५१ करोड १४ लाख ७८ हजार बजेट विनियोजन भएकामा एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।

कार्यालयका अनुसार पुल तथा सडक निर्माणका यी कामले जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन योगदान पुर्याएको छ । रासस

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ११ : ०७ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप