महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण « Khabarhub

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।

महाकाली नदीको बाढीबाट बर्सेनि नदी किनारका बस्ती र खेतीयोग्य जमिनमा हुँदै आएको क्षति न्यूनीकरणका गर्न तटबन्ध निर्माण गरिएको हो ।  

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले रु ११ करोड ६५ लाख रकम खर्च गरेर उक्त तटबन्ध निर्माण गरेको हो ।

आयोजना प्रमुख रञ्जनराज भट्टराईले दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीमा ५०७ मिटर र जोगबुढा नदीमा २५५ मिटर भीमदत्तस्थित दोधारा चाँदनी झोलुङ्गे पुल क्षेत्रमा ४५८ मिटर आरसिसी तटबन्ध निर्माण गरिएको जानकारी दिए ।

तटबन्ध निमार्णपछि हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती सुरक्षित बनेको छ । उक्त बस्ती जोगाउन आयोजनाले ७६२ मिटर तटबन्ध निर्माण गरेको थियो ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुँदै आएको थियो । नदी नियन्त्रण र व्यवस्थापनका लागि पुराना संरचना मर्मत गर्ने काम नियमित भइराखेका छन् ।

महाकाली नदीमा २५ वर्ष पुरानो तटबन्ध जीर्ण हुँदै गएकाले कार्यालयले मर्मतसम्भार गर्दै आएको छ ।  महाकालीपारि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ११ : १५ बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप