इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प « Khabarhub

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने कुनै ठोस योजना नरहेको बताएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ’मार्फत ट्रम्पले अमेरिका र इरानबीच अहिले कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्कालका लागि वार्ताको कुनै योजना नरहेको उल्लेख गरेका हुन् ।

यसैबीच, ट्रम्पले होर्मुज जलडमरूमध्यमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावमा रहेको दाबी गर्दै जलमार्ग पूर्ण रूपमा खुला र निर्वाध रूपमा सञ्चालनमा रहेको बताए ।

ट्रम्पको यस्तो भनाइ अमेरिकी राष्ट्रपतिका विशेष दूत जारेड कुशनरले ‘फक्स न्युज’सँग अमेरिकी र इरानी सरकारका विभिन्न निकायबीच वार्ता पहिलेभन्दा बढी सक्रिय रहेको बताएपछि आएको हो । यद्यपि, कुशनरले वार्ताबाट अहिलेसम्म कुनै ठोस सहमति नभएको संकेत गरेका छन् ।

होर्मुज जलडमरूमध्यमा तनाव कायमै रहेका बेला अमेरिका र इरानबाट परस्पर विरोधी धारणा सार्वजनिक भएका छन् । इरानले अमेरिकी नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउनेलगायत समझदारीमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुला नगर्ने अडान दोहोर्‍याएको छ ।

उता, कुशनरले अमेरिकी र इरानी सरकारभित्रका विभिन्न पक्ष तथा विभिन्न तहमा वार्ता भइरहेको दाबी गरे ।

यससँगै इरान र अमेरिकाबीचको कूटनीतिक संवाद र होर्मुज जलडमरूमध्यको अवस्थालाई लिएर थप तनाव उत्पन्न हुने संकेत देखिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : ३६ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा