कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत « Khabarhub

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको २७औँ बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन् । 

बैठकमा प्रदेश सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिम प्रदेशसभा समक्ष विश्वासको मतका लागि वक्तव्यसहित मुख्यमन्त्री शाहीलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १५१ को उपनियम ४ बमोजिम सभामा प्रस्ताव पेश गर्न समय दिए ।

सोही अनुसार मुख्यमन्त्री शाहीले बैठकमा प्रस्ताव पेश गरेसँगै आवश्यक छलफलपश्चात् सभामुख गुरुङले मत विभाजनको प्रक्रिया सुरु गरे। कुल ४० प्रदेशभा सदस्यमा ३६ सभा सदस्यले मतदान गरेका थिए । मुख्यमन्त्री शाहीको पक्षमा २१ जनाले तथा विपक्षमा १३ जनाले मतदान गरेका थिए । 

दुई जना तटस्थ बसेका सभामुख गुरुङले बताए। विश्वासको मतको पक्षमा २१ मत परेको र उक्त मत तत्कालीन प्रदेशसभामा कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएको बताउँदै सभामुख गुरुङले नेपालको संविधानको धारा १८८ को उपधारा १ तथा कर्णाली प्रदेशसभा नियमावलीको १८१ नियम १५१ को बमोजिम मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि सभासमक्ष राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे। 

प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउसो ३ः०० बस्ने बस्नेछ । 

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : ४० बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा