युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता « Khabarhub

युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- रूसमा हालै भएका युक्रेनी ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाएको छ ।

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै आवश्यक परेको समयमा बेलायत युक्रेनको साथमा सधैँ रहने बताएका हुन् ।

युक्रेनलाई निरन्तर सैन्य सहयोग उपलब्ध गराउँदा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले युक्रेनलाई आत्मरक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि समर्थन जारी राख्ने स्पष्ट पारे।

यसैबीच, लन्डनस्थित रूसी दूतावासले बेलायतले जानाजानी युक्रेन संकटलाई थप चर्काउने नीति अपनाएको आरोप लगाएको छ । युक्रेनलाई सैन्य सहयोगमार्फत द्वन्द्वमा बेलायतको संलग्नता जारी रहे त्यसको ‘उच्च मूल्य’ चुकाउनुपर्ने चेतावनीसमेत दूतावासले दिएको छ ।

रूसी दूतावासले बेलायतले आफ्नो नीतिको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय युक्रेनले मस्कोसहित रूसका विभिन्न क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाउँदै आएको छ । युक्रेनी आक्रमणमा रूसी तेल प्रशोधन केन्द्र तथा रूसको प्रमुख अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजसँग सम्बन्धित गोदामसमेत निशाना बनेका छन् ।

रूस–युक्रेन युद्धका क्रममा दुवै पक्षबीच लामो दूरीका ड्रोन आक्रमण बढिरहेका बेला बेलायतको पछिल्लो प्रतिबद्धताले दुई देशबीचको तनाव थप बढ्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : ५७ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा