जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल « Khabarhub

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल नियुक्त भएका छन्। बरालले बुधबार बबरमहलस्थित केन्द्रको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्।

यसअघि जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक तथा बागमती प्रदेशको सचिवका रूपमा काम गरेका बरालसँग ऊर्जा तथा जलस्रोत क्षेत्रमा करिब १८ वर्षको अनुभव छ।

उनले भेरी–बबई बहुउद्देश्यीय आयोजना र बूढीगंगा जलविद्युत् आयोजनाको नेतृत्वसमेत गरिसकेका छन्।

साविकको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागअन्तर्गतका जलविज्ञानसम्बन्धी शाखा तथा महाशाखालाई एकीकृत गरी जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत यो केन्द्र स्थापना गरिएको हो।

केन्द्रले जलविज्ञानसम्बन्धी तथ्यांक संकलन, अनुसन्धान तथा व्यवस्थापनसँगै बाढी, पहिरो र अन्य जलजन्य विपद्को पूर्वसूचना प्रणाली विकासमा काम गर्नेछ।

यसका साथै आधुनिक प्रविधिको प्रयोगमार्फत जलस्रोत अनुसन्धान र जलवायुजन्य जोखिम न्यूनीकरणलाई प्राथमिकता दिने जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ७ : ३६ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा