भूपि शेरचनको चर्चित कविता ‘चिसो एस्ट्रे’ माथि फिल्म, यस्तो छ फस्ट लूक (भिडियो) « Khabarhub

भूपि शेरचनको चर्चित कविता ‘चिसो एस्ट्रे’ माथि फिल्म, यस्तो छ फस्ट लूक (भिडियो)


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’ को थेममा आधारित फिल्मको फस्ट लूक सार्वजनिक गरिएको छ । क्यारेक्टर चिनाउने फस्ट लूक युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मको फस्ट लूक आकर्षक लाग्छ । अन्य नेपाली फिल्मको तुलनामा यो फिल्मको फस्ट लूक फरक पनि छ । यो फिल्ममा दिव्य देवको शीर्ष भूमिका छ ।

यस्तै फिल्ममा निकुम श्रेष्ठ, नविन लम्साल, सृष्टि श्रेष्ठ, सुशील राज पाण्डे, रोविन तामाङ, कृषा शाही, मोनिका गोले लगायतका कलाकारको समेत अभिनय छ ।

दिन्स पाल्पालीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई प्रविण स्याङ्बो र सीए कलेक्टिभसले निर्माण गरेका हुन् ।

फिल्मको फस्ट लूकलाई लुजा राजभण्डारी र प्रफुल राजभण्डारीले तयार पारेका हुन् । फिल्ममा उज्जव बस्ताकोटीको छायांकन, अजर जङ्गमको संगीत संयोजन देख्न सकिन्छ ।

यस्तो छ भूपि शेरचनको कविता चिसो एस्ट्रे:

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्

यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्

र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन्

यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : १८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी