फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’ « Khabarhub

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको नेपाल बसाइपछि छोरीसहित पुनः अमेरिका फर्किएका छन्। चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा सिर्जित ऋण फर्छ्यौट र राज्यबाट सहयोगको अपेक्षासहित नेपाल आएका उनी निरासा व्यक्त गर्दै अमेरिका फर्किएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कट्टेलले राज्यबाट न्याय र सहयोग नपाएको गुनासो गरेका छन्। दुई महिनाको अवधिमा राज्यका विभिन्न निकायमा पुगेर समस्या समाधानका लागि अथक प्रयास गरे पनि आफ्ना पीडा सुनाउने अवसरसम्म नपाएको उनले बताएका छन्। भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँ बजेटसमेत ‘फ्रिज’ हुने अवस्थामा पुगेको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

“१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु,” उनले लेखेका छन्, “आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ।”

१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा पनि राज्यबाट प्रोत्साहन नमिलेको भन्दै उनले मन भारी भएको उल्लेख गरेका छन्। यद्यपि, कुनै दिन राज्यले आफ्नो योगदान सम्झिने र सत्यको जित हुने आशा भने अझै जीवितै रहेको उनले बताएका छन्।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ८ : ५२ बजे

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने