कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर) « Khabarhub

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे, छाडा कुकुरको बिगबिगी छ । यही समस्या समाधान गर्न बागलुङमा ‘डग होस्टेल’ बनाइएको छ ।

सडकमा छोडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको हो । बागलुङ नगरपालिका–३ सिम्लेस्थित होस्टेलमा ३० वटा कुकुर छन् ।

गत असारदेखि सञ्चालनमा ल्याइएको यो होस्टलमा बागलुङ बजारका सडक, चोक र गल्लीमा भेटिएका कुकुर राखिएको छ । रोगी र अशक्त कुकुरको उद्धार गरि होस्टेलमा उपचारसमेत हुन्छ । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले छाडा कुकुरलाई खोप लगाउने र समातेर होस्टेल पठाउँछ ।

होस्टेलमा ५० वटासम्म कुकुर राख्न सक्ने क्षमता छ । कुकुरको रेखदेखका लागि नगरपालिकाले होस्टलमा एक जना कर्मचारी खटाएको छ । कुकुरलाई बिहानमा प्रायः मासु–भात दिइन्छ । साँझ दूध र भात दिइन्छ । पाँच रोपनी क्षेत्रफलमा गण्डकी प्रदेश सरकारको ६५ लाख र नगरपालिकाको ३५ लाख रुपैयाँ लगानीमा होस्टेल निर्माण गरिएको थियो ।

नगरपालिकाले घरघरमा पालिएका र सडकका कुकुरलाई रेबिजविरुद्धको खोपसमेत दिएको छ । कुकुरका लागि चाहिने सबैखाले औषधि पनि नगरपालिकाले निःशुल्क दिन्छ । घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधानसमेत नगरपालिकाले बनाएको छ । दर्ता गर्दा दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

दर्ता गरिएका कुकुरलाई पालिकाले खोप र औषधि सेवा निःशुल्क दिन्छ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले नै गर्दै आएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ९ : ४७ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि