गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत « Khabarhub

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण महतले सभापति गगन थापाहरूले संवाद गर्न नचाहेको बताएका छन् । 

पूर्व सभापति शेरबहादुर देउवासँग संवाद नगरी महाधिवेशन गर्नका लागि आवश्यक गतिविधि अगाडि बढाएको महतको ठहर छ ।

पाँच महिनापछि साउन २८ गते नेपाल आएका पूर्वसभापति देउवा र पार्टी सभापति थापाबीच अहिलेसम्म भेटवार्ता र फोनमासमेत कुराकानी नभएको महतले खुलाए । 

‘पार्टी सभापति नेपाल आएपछि न फोन सम्पर्क न भेटघाट कुनै पनि ढङ्गबाट गगनजीहरूले कुरा गर्न चाहनुभएको छैन । उहाँहरू नै एकलौटी ढंगले महाधिवेशन अगाडि बढाउने तयारीमा हुनुहुन्छ त्यसकारण समस्या छ । कम्तीमा अदालतको फैसलापछि अगाडि बढिदिएको भए पनि हुन्थ्यो ।’ महतले खबरहबलाई भने, ‘हामीसँग संवाद गर गर भन्दै हामीले सम्पर्क गर्ने कुरा भएन मिलाउन त उहाँहरू नै पहलमा लाग्नुपर्ने हो तर अहिलेसम्म कुनै जानकारी छैन । अदालतको निर्णयपछि हामी पनि एउटा दिशामा पुग्छौँ ।’

महतले आफूले पर्खिरहेको र भोलि केही कार्य योजनासहित खुलासा गर्ने समेत जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ११ : ३९ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि