‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’ « Khabarhub

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिएका छन् ।

खौमाको पुनर्निर्मित देवघरको उद्‌घाटन गर्दै उनले सम्पदा संरक्षणमा पुस्तान्तरण आवश्यक रहेको बताए। भक्तपुरका सम्पदा, कला र संस्कृति आफैँमा एउटा विश्वविद्यालय भएकाले यसको अध्ययन र अनुसन्धानमा युवाको अभिरुची हुनुपर्छ भने।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भूकम्पपछि क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धारलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताए। 

नगरपालिकाले १८५ वटा सम्पदाको संरक्षण गरिसकेको जानकारी दिँदै उनले मठ, मन्दिर, फल्चा, ढुङ्गेधारालगायत ऐतिहासिक सम्पदाको संरक्षणलाई निरन्तरता दिइएको उनले बताए।

इन्द्रायणी द्योछें पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले रु तीन करोड ७६ लाख चार हजार चार सय ६६ रुपैयाँ खर्च भएको जानकारी दिए। स्थानीयले रु १७ लाख बराबरको भौतिक सहयोग  गरेका थिए । 

नेपाल संवत् ८११ मा   उक्त मन्दिर निर्माण भएको हो । 
 

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १२ : ३९ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो