बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो « Khabarhub

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि आसपासका उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परी दुवै घरभित्र रहेका सामानसमेत पुरिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार पहिरोको जोखिम अझै कायम रहेकाले आसपासका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। विस्थापित परिवारलाई अस्थायी टहरामा राखिएको छ।

पुरिएका घर तथा सामग्री निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण थप पहिरो जान सक्ने जोखिम रहेकाले स्थानीयवासीलाई समेत सतर्क रहन आग्रह गरिएको छ।

यसैबीच, गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री उपलब्ध गराउन गाउँपालिकाबाट टोली परिचालन गरिएको बताए। उनले प्रभावित परिवारको सहयोगका लागि स्थानीय सामाजिक सङ्घसंस्थालाई समेत सहयोगमा जुट्न आह्वान गरेका छन्।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ८ : ५१ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६