२ दिनका लागि स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने काम स्थगित « Khabarhub

२ दिनका लागि स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने काम स्थगित


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले मंगलबार र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) मा रहेको तथ्याङ्क भण्डार (डाटाबेस) मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको हो ।

सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी दुई दिन सेवा दिन नसकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘विभागले हतारमा रहेका सेवाग्राहीलाई चाँडो छपाइ (फास्ट प्रिन्टिङ) सेवा दिँदै आएकामा त्यो पनि यी दुई दिन अवरुद्ध हुने भएको छ । यी दुई दिनमा तथ्याङ्कसम्बन्धी सम्पूर्ण काम सकिने बताइएको छ,’ उनले भने, ‘बिहीबारदेखि नै हामी नियमितरुपमा सेवा दिनेछौँ ।’

दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ जडान सकिएसँगै अहिले ‘सफ्टवेयर’ को काम भइरहेको छ । सो उपकरणको प्रतिघण्टा ५ देखि ६ सयसम्म कार्ड छाप्ने क्षमता रहेको छ । एक वर्ष पहिले आवेदन दिएका सेवाग्राहीले समेत अनुमतिपत्र नपाइरहेकामा ‘मास प्रिन्टर’ ले काम गर्न थालेसँगै सो समस्या हट्ने विश्वास गरिएको छ ।

विभागले विदेश जानका लागि वा स्वदेशमा नै चाँडो छपाइ चाहिने अवस्थामा सेवाग्राहीलाई एक सातामा नै चालक अनुमतिपत्र छाप्दै आएको थियो । विभागले अनुमतिपत्र छपाइको गति बढ्ने भएकाले सरकारले दश लाख कार्ड खरीद प्रक्रियासमेत अघि बढाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ३ : २४ बजे

नवजात शिशुको सिकलसेल परीक्षण निःशुल्क

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा नवजात शिशुको सिकलसेल एनिमियाको निःशुल्क परीक्षण

एमालेको पदाधिकारीमा ५७.८९ प्रतिशत बर्चस्व ब्राम्हण जातिको मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११ औँ महाधिवेशनले पार्टीको पदाधिकारीमा अधिकांश ब्राह्मण-क्षेत्री

मौन बसेरै रघुजीले जिते उपाध्यक्ष

काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा उपाध्यक्षमा रघुजी पन्तले मौन विद्रोह

फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट अत्यधिक मतसहित केन्द्रीय

नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा नियुक्त

काठमाडौं– नेपाल टेलिकमको सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्री नियुक्त भएका छन्