सागमा स्वर्ण जित्ने क्रिकेट टोलीको लक्ष्य « Khabarhub

सागमा स्वर्ण जित्ने क्रिकेट टोलीको लक्ष्य


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा कमजोर प्रदर्शन गरेर मंगलबार नेपाल फर्किएको नेपाली क्रिकेट टोलीले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

काठमाडौं ओर्लिएपछि कप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सुधार गर्नु पर्ने पक्ष धेरै रहेको बताउँदै उनले विशेष गरी ब्याटिङ पक्षमा धेरै सुधार गर्न सके सागमा स्वर्ण जित्ने दाबी गरे ।

‘भ्रमण ठिकै भयो । तर, सोचेजस्तो हुन सकेन । भारत र बंगलादेशसँग अझै राम्रो गर्न सकिन्थ्यो होाल । भारतसँग २३० रनभन्दा बढी रन बन्न सक्थ्यो । बंगलादेशसँग हामीले २०० रन नै छुन सकेनौं,’ कप्तान मल्लले विमानस्थलमा भने,‘तर उनीहरु राम्रो टिम पनि हुन ।  त्यो भन्दा पनि हामीले उनीहरुसँग प्रतिस्पर्धात्मक खेल खेल्न सकेनौं । टिममा सुधार गर्नु पर्ने कुराहरु धेरै छन् ।’

बंगलादेशमा खेल्दा नेपाली खेलाडीमा अनुभव कम हुँदा पनि समस्या भएको उनको भनाइ थियो । बलियो विपक्षी टिम भएकाले उनीहरुसँग खेल्न समस्या भएपनि केही कुराको अनुभव बटुलेकाे कप्तान मल्लले बताए ।

‘बलियो विपक्षी भएकोमा उनीहरुसँग विपक्षीलाई कसरी दबाबमा राख्ने भन्ने कुराहरु सिक्न पाइयो । खेल एक्सपोजर पाइयो भने विस्तारै ब्याटिङ सुधार हुन्छ जस्तो लाग्छ,’ मल्लले भने ।

शुरुका दुई खेलमा रन जोड्न नसकेका मल्लले अन्तिम बंगलादेशसँगको खेलमा २२ रन बनाएका थिए । तर, उनले आफूले राम्रो खेल्न नसकेको स्वीकारे ।

पूर्ण कप्तान भएपछिको पहिलो विदेश भ्रमणमा टिमका अन्य खेलाडीहरुले राम्रो साथ दिएको मल्लले बताए ।

मंसिर १५ देखि २४ सम्म आयोजना हुन लागेको सागमा स्वर्ण जित्ने लक्ष्य रहेको मल्लले बताएका छन् ।

‘घरमै हुन लागेको सागमा स्वर्ण जित्ने नै लक्ष्य हो,’ कप्तान मल्लले भने ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ४ : ३९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ