अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’ « Khabarhub

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’


७ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा बढी निजी जीवनसँग जोडिएका चर्चाले घेरिएका छन् । 

पत्नी सुनिता आहुजा र अभिनेत्री कोमल रानी स्वर्णकारसँग जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विभिन्न दाबी र गसिप फैलिन थालेपछि गोविन्दाले अब कानुनी बाटो रोज्ने चेतावनी दिएका छन् ।

गोविन्दाको कानुनी टोलीले जारी गरेको नोटिसमा उनको व्यक्तिगत तथा पारिवारिक जीवनबारे झुटा, अप्रमाणित र मानहानी हुने सामग्री प्रचार  नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरलाई चेतावनी दिइएको छ । 

त्यस्ता सामग्री नरोकिए १०० करोड भारतीय रुपैयाँसम्म क्षतिपूर्ति माग्दै कानुनी कारबाही अघि बढाउने बताइएको छ। 

विशेषगरी एआईको प्रयोग गरी बनाइएका डिपफेक भिडियो, तस्बिर र आवाज मार्फत गलत सूचना फैलाउने गतिविधिप्रति गोविन्दाको टोलीले आपत्ति जनाएको छ । 

भारतीय न्याय संहिता २०२३ र सूचना प्रविधिसम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाउने तयारी रहेको जनाइएको छ ।

गोविन्दा र कोमलको सम्बन्धबारे चर्चा त्यतिबेला चुलिएको थियो, जब दुवैलाई विमानस्थलमा सँगै देखिएको थियो ।

 पछिल्लो समय गोविन्दाले कोमलसँग कोर्ट म्यारिज गरिसकेको र सुनितासँग सम्बन्ध विच्छेद गर्न लागेको दाबी गर्दै विभिन्न सामग्री भाइरल भएका थिए। 

तर, गोविन्दाका म्यानेजरले दोस्रो विवाहको कुनै योजना नरहेको स्पष्ट पार्दै यी दाबीलाई अफवाह भनेका छन् । 

उता सुनिताले भने गोविन्दासँग सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दायर गरे पनि पछि फिर्ता लिएकी थिइन् । 

उनले अभिनेत्री राखी सावन्तसँगको कुराकानीमा गोविन्दाको कोमलसँग विवाह गर्ने योजनाका कारण आफूले मुद्दा फिर्ता लिएको दाबी गरेकी थिइन्।

यही विवादबीच गोविन्दाको कानुनी नोटिसले अब उनको निजी जीवनबारे फैलिने हरेक दाबीलाई कानुनी निगरानीमा ल्याउने संकेत गरेको छ । 

खासगरी डिपफेक र सामाजिक सञ्जालमार्फत फैलिने अप्रमाणित सामग्रीविरुद्ध अभिनेता कडा रूपमा प्रस्तुत भएका छन्।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  २ : ३१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४