ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी « Khabarhub

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर अफ द इयर’ पुरस्कार जित्ने पहिलो अंग्रेजी फुटबलर बनेका छन्। गत सिजन टोलीलाई लिग र कपको दोहोरो उपाधि दिलाउनुका साथै च्याम्पियनसिप लिगको सेमिफाइनलसम्म पुर्याउन सबै प्रतियोगितामा गरी ६१ गोल गरेका केनलाई यस वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो।

‘किकर’ म्यागजिनद्वारा आयोजित तथा जर्मन खेलकुद पत्रकार संघका ६९५ जना सदस्यले गरेको मतदानका आधारमा यो पुरस्कार प्रदान गरिन्छ। पुरस्कारका लागि बुन्डेसलिगामा खेल्ने खेलाडी वा विदेशमा खेल्ने जर्मन खेलाडी योग्य मानिन्छन्। मतदानमा केनले २७२ मत प्राप्त गरे भने उनका बार्यन सहकर्मी माइकल ओलिसे २०३ मतसहित दोस्रो स्थानमा रहे।

बार्यनका खेलकुद निर्देशक म्याक्स एबर्लले केनको प्रशंसा गर्दै भने, “ह्यारी केनको वर्णन गर्न सही शब्द भेट्टाउन असम्भव जस्तै छ। उनी पहिले नै इंग्ल्यान्डको ‘फुटबलर अफ द इयर’ चुनिसकेका थिए, र अब जर्मनीमा पनि यो उपाधि जितेका छन्।”

इङ्ल्यान्डका कप्तान समेत रहेका केन आगामी अक्टोबरमा लन्डनमा प्रदान गरिने सन् २०२६ को ‘बालोन डि ओर’ को मुख्य दावेदारमध्ये एक हुन्। यदि उनले यो पुरस्कार जितेमा, जर्मन क्लबको प्रतिनिधित्व गर्दै बालोन डि ओर जित्ने दोस्रो अंग्रेजी खेलाडी बन्नेछन्। यसअघि केभिन केगनले सन् १९७८ र १९७९ मा ह्यामबर्गमा छँदा यो सफलता हासिल गरेका थिए।

यसैबीच, बार्यनका मुख्य प्रशिक्षक भिन्सेन्ट कम्पानी ‘कोच अफ द इयर’ घोषित भएका छन् भने बार्यन महिला टोलीकी कप्तान जुलिया ग्विन उत्कृष्ट महिला खेलाडी चुनिइन्। केन र कम्पानीलाई शुक्रबार एलियान्ज एरेनामा भिएफबी स्टटगार्टविरुद्ध हुने बार्यनको बुन्डेसलिगा उद्घाटन खेलअघि सम्मानित गरिनेछ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ६ : ०४ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको