शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा « Khabarhub

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा


९ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम मुनीर सोमबार इरानको राजधानी तेहरान पुगेका छन्।

उनले तेहरानमा वरिष्ठ इरानी अधिकारीसँग वार्ता गर्ने कार्यक्रम रहेको इरानको विदेश मन्त्रालयले जनाएको छ।

अमेरिका र इजरायलले इरानमाथि जारी राखेको युद्ध अन्त्य गराउन मध्यस्थताको प्रयास गरिरहेको पाकिस्तानका लागि मुनीरको यो वर्षको तेस्रो इरान भ्रमण हो ।

पाकिस्तानी अधिकारीहरूले नाम नबताउने सर्तमा भ्रमण हुने पुष्टि गरेका छन्। तर, उनीहरूले भ्रमणको एजेन्डाबारे विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्।

कुवेत र पाकिस्तानी अधिकारीबीच छलफल

कुवेतका विदेशमन्त्री शेख जर्राह जाबेर अल-अहमद अल-सबाह र पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक डारबीच टेलिफोन वार्ता भएको छ।

कुवेतको सरकारी समाचार संस्था कुनाका अनुसार वार्तामा दुवै मन्त्रीले क्षेत्रीय पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन्। उनीहरूले क्षेत्रीय सुरक्षा र स्थायित्व प्रवर्द्धनका लागि भइरहेका प्रयासबारे पनि कुराकानी गरेका छन्।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  २ : ०९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली