आज २०७६ मंसिर ४ गते बुधबारको राशिफल « Khabarhub

आज २०७६ मंसिर ४ गते बुधबारको राशिफल


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ मंसिर ४ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज सचेत रहनु होला । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधाहरू उत्पन्न हुनेछन् । तर नयाँ कार्यको योजना बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज शुभकार्यको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : ४६ बजे

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक

बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई

ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै 

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको

बागमती प्रदेशसभा बैठक अनिश्चित

मकवानपुर– बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र