नेकपा सचिवालय बैठक आज बस्दै « Khabarhub

नेकपा सचिवालय बैठक आज बस्दै


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने जनाइएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको बुधबार जानकारी दिएका थिए । उनले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको र प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद समेत दिएको जानकारी दिएका थिए ।

नेकपा एकताको अधिकांश काम सकिए पनि केही कमिटीको काम अझै बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ६ : ३२ बजे

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

काठमाडौं– राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यले आगामी आर्थिक

शिक्षामन्त्रीसँग चिनियाँ राजदूतको भेट, सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ

बेपत्ता राई पाँच दिनपछि मृतावस्थामा भेटिए

गाईघाट– सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

एजेन्सी– जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

कैलाली– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय