सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा « Khabarhub

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४ देखि २० गतेसम्म हुने छ । 

सदरमुकाम खाँदबारीमा आयोजक एडभान्स क्लब मानेभञ्याङले पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो ।

 ‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसङ्गतीका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ नाराका साथ सुरु हुने सो प्रतियोगिताका खेल मानेभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा खेलाइने छन् । 

एड्भान्स क्लबले सञ्चालन गर्दै आएको जिल्ला स्तरीय अरुण कपलाई २०६४ सालदेखि परिमार्जन गर्दै अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताका रूपमा निरन्तरता दिँदै आएको थियो । उक्त प्रतियोगितालाई यस वर्ष थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउँदै सङ्खुवासभा गोल्ड कप नामकरण गरिएको क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए। 

प्रतियोगितामा सङ्खुवासभाका चार ‘ए’ डिभिजन क्लब, राष्ट्रिय ‘ए’ डिभिजन क्लब तथा कोशी प्रदेशका विभिन्न जिल्लाका ‘ए’ डिभिजन क्लब गरी आठ टोलीको सहभागिता रहने छ । 

प्रतियोगिताको विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने अध्यक्ष घिमिरेले बताए। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही रु सात हजार पुरस्कार प्रदान गरिनेछ । 

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ६ : १२ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने