सुखानीमा आज श्रद्धाञ्जलीसभा, नेकपाका अध्यक्षद्वयले सम्बोधन गर्ने « Khabarhub

सुखानीमा आज श्रद्धाञ्जलीसभा, नेकपाका अध्यक्षद्वयले सम्बोधन गर्ने


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–झापा विद्रोहका शहीदको स्मृतिमा आज (मंगलबार) सुखानीमा श्रद्धाञ्जलीसभा हुने भएको छ । श्रद्धाञ्जलीसभालाई प्रधानमन्त्री तथा तत्कालीन झापा विद्रोहका नेता केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

श्रद्धाञ्जलीसभामा सहभागी हुन नेकपा अध्यक्ष प्रचण्ड सोमबार नै झापा पुगिसकेका छन् भने, प्रधानमन्त्री ओली आज झापा जाने कार्यक्रम छ ।

झापा विद्रोहका बेला तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेका ५ युवा वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुँइकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ सालको फागुन २१ अर्थात आजकै दिन गोली हानी हत्या गरिएको थियो ।

आफ्ना सहादतप्राप्त योद्धाको सम्झनामा नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले प्रत्येक वर्ष फागुन २१ मा विभिन्न कार्यक्रमको आयोजना गरी झापा विद्रोहका शहीदको सम्झना गर्ने गरेका छन् ।

यस पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने गरी झापा विद्रोहका शहीदको सम्झना गर्ने कार्यक्रम तय गरिएको नेकपा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ८ : १३ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु