सुखानीमा आज श्रद्धाञ्जलीसभा, नेकपाका अध्यक्षद्वयले सम्बोधन गर्ने « Khabarhub

सुखानीमा आज श्रद्धाञ्जलीसभा, नेकपाका अध्यक्षद्वयले सम्बोधन गर्ने


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–झापा विद्रोहका शहीदको स्मृतिमा आज (मंगलबार) सुखानीमा श्रद्धाञ्जलीसभा हुने भएको छ । श्रद्धाञ्जलीसभालाई प्रधानमन्त्री तथा तत्कालीन झापा विद्रोहका नेता केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

श्रद्धाञ्जलीसभामा सहभागी हुन नेकपा अध्यक्ष प्रचण्ड सोमबार नै झापा पुगिसकेका छन् भने, प्रधानमन्त्री ओली आज झापा जाने कार्यक्रम छ ।

झापा विद्रोहका बेला तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेका ५ युवा वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुँइकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ सालको फागुन २१ अर्थात आजकै दिन गोली हानी हत्या गरिएको थियो ।

आफ्ना सहादतप्राप्त योद्धाको सम्झनामा नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले प्रत्येक वर्ष फागुन २१ मा विभिन्न कार्यक्रमको आयोजना गरी झापा विद्रोहका शहीदको सम्झना गर्ने गरेका छन् ।

यस पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने गरी झापा विद्रोहका शहीदको सम्झना गर्ने कार्यक्रम तय गरिएको नेकपा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ८ : १३ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको