काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग « Khabarhub

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली क्षेत्रका बालबालिकाको शिक्षा र उत्थानमा सहयोग गर्दै आएको इनलाइट इन्टरनेसनलले काठमाडौंका एक विद्यालय र स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग गरेको छ।

अमेरिकामा बस्दै आएकी चिनियाँ महिला छिओङ यिङचोमाको नेतृत्वमा रहेको इनलाइटले छेत्रपाटी निःशुल्क चिकित्सालयमा सञ्चालित मिर्गौला डायलाइसिस केन्द्र र आर्यतारा विद्यालयलाई सहयोग उपलब्ध गराएको हो।

संस्थाका अध्यक्ष, सदस्य तथा सहयोगीहरूको टोलीले प्रसिद्ध नेपाली बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माद्वारा स्थापित आरोग्य फाउन्डेसनको सहयोगमा सञ्चालित डायलाइसिस केन्द्र र आर्यतारा विद्यालयको भ्रमण गरी सहयोग हस्तान्तरण गरेको थियो।

टोलीले डायलाइसिस केन्द्रलाई आर्थिक सहयोग गर्नुका साथै उपचाररत बिरामीलाई कपडासमेत वितरण गरेको जनाइएको छ। इनलाइटले आगामी दिनमा नेपालमा सार्वजनिक स्वास्थ्य प्रणालीको विकासमा सहयोग गर्ने तथा विशेषगरी महिला बिरामी, विपन्न र जोखिममा रहेका समुदायलाई प्राथमिकतामा राख्ने जनाएको छ।

विपन्न परिवारका बालिकालाई शिक्षाको अवसर र सहयोगी वातावरण प्रदान गर्दै आएको आर्यतारा विद्यालयलाई पछिल्लो पटक करिब ७ लाख रुपैयाँ सहयोग गरिएको संस्थाले जनाएको छ।

इनलाइटले नेपालका विभिन्न शैक्षिक तथा परोपकारी संस्था र समुदायलाई निरन्तर सहयोग गर्दै आएको छ। हालसम्म लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनीस्थित विश्व शान्ति स्तूप, आर्यतारा विद्यालय, मिङ्युर रिन्पोछेको हिमाली बालविहार, छोक्नी रिन्पोछेको भिक्षुणी विद्यालय तथा शाब्तेन तेन्जिन रिन्पोछेका गुम्बा र भिक्षुणी समुदायले संस्थाबाट सहयोग प्राप्त गरेका छन्।

त्यसैगरी, नेपालको दुर्गम हिमाली क्षेत्रका विपन्न बालबालिकासँग सम्बन्धित संस्थाहरूलाई समेत इनलाइटले सहयोग गर्दै आएको जनाएको छ।

संस्थाका अनुसार नेपालमा प्रदान गरिने सहयोग चीन, अमेरिका लगायत विभिन्न देशका व्यवसायी तथा सहृदयी व्यक्तिहरूबाट संकलन गरिएको रकमबाट व्यवस्थापन हुँदै आएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  १० : ०४ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने