प्राकृतिक विपत्तिप्रति नेपाल बैंकर्स संघको दुःख व्यक्त « Khabarhub

प्राकृतिक विपत्तिप्रति नेपाल बैंकर्स संघको दुःख व्यक्त


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा लगायतका विभिन्न जिल्लाहरूमा हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको ठुलो मानवीय क्षति, जनधनको नोक्सानी र भौतिक संरचनाको विनाशप्रति नेपाल बैंकर्स संघले गहिरो दुःख व्यक्त गरेको छ । 

बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै संघले ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारजनमा समवेदना प्रकट गरेको हो ।

बाढी प्रभावित जिल्लाहरूमा कार्यरत अधिकांश बैंकका कर्मचारीहरू सुरक्षित रहेको जानकारी प्राप्त भए तापनि केही कर्मचारीहरूसँग भने हालसम्म सम्पर्क स्थापित हुन नसकेको संघले जनाएको छ । 

यसैगरी, बाढी र डुबानका कारण प्रभावित जिल्लाहरूमा बैंकका केही शाखाहरू समेत प्रभावित भएका छन् ।

प्रभावित क्षेत्रहरूमा विद्युत्, इन्टरनेट तथा सञ्चार सेवा अवरुद्ध भएका कारण नियमित बैंकिङ सेवा सञ्चालन गर्न ठुलो चुनौती खडा भएको छ । 

यस्तो विषम परिस्थितिमा पनि बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै बैंकिङ सेवालाई निरन्तरता दिन र प्रभावित ग्राहकहरूलाई आवश्यक सहयोग पुऱ्याउन हरसम्भव प्रयास गरिरहेको संघको भनाइ छ । 

यस विपद्को समयमा नेपाल बैंकर्स संघले नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढेको स्पष्ट पारेको छ । 

नेपालको बैंकिङ क्षेत्र यस कठिन परिस्थितिमा नेपाल सरकारले चालेका राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासहरूमा पूर्ण रूपमा साथ दिन प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १ : ४१ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ