भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन « Khabarhub

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार गर्न ८१ सुरक्षाकर्मी परिचालन भएका छन् ।

त्रिशूली थ्रि ए टनेल इलाकामा नेपाली सेनाका ६२ सहित सशस्त्र र नेपाल प्रहरी गरी ८२ जनाको टोली उद्धारमा खटिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको कमाण्डमा शुक्रबारदेखि नै सो इलाकामा उद्धार इरहेको छ । शुक्रबार टनेलबाट १९१ जनाको सकुशल उद्धार गरिएको थियो । आज बिहान ८ बजेसम्म बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी दुई हजार २६५ जनालाई सेनाका हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ । उनीहरुलाई रसुवाको टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरुबाट उद्धार गरिएको हो ।

प्रभावित जिल्लामा सेनाको करिब ६ हजार ७ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ११ : ५४ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली