काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो ।
गत शुक्रबार भने एक तोला सुनको मूल्य ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।












प्रतिक्रिया