नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह « Khabarhub

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । शुक्रबार झिनो अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार भने ४३.८९ अंकले घट्न पुग्यो।

सोमबार नेप्सेमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २५१३.४२ बिन्दुमा पुगेको हो । सोमबार उच्च अंकले नेप्से घट्दा नेप्सेको कुल पुँजीकरण पनि १.७१ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार भएकामध्ये २५३ वटा कम्पनीको सेयर मूल्य घट्यो भने २१ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । तर, आज ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

निर्जीवन बीमा समूहमा उच्च गिरावट

समूहगत आधारमा हेर्दा सोमबार नेप्सेमा उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहको उपसूचकमा गिरावट आयो । जसमध्ये निर्जीवन बीमा उपसमूहमा सबैभन्दा धेरै अर्थात् ४९०.०६ बिन्दुले गिरावट आएको छ ।

उच्च अंकले गिरावट आउँदा सोमबार निर्जीवन बीमा उपसमूहको कुल पुँजीकरण पनि ५.०३ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै, सोमबार होटेल तथा पर्यट समूहको उपसूचक १७४.८७, हाइड्रोपावर समूहको उपसूचक १०४.३६ र जीवन बीमा समूहको उपसूचक २२२.३१ अंकले घट्न पुग्यो ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ३ : २२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण