बाढीपीडितको समस्या समाधान गर्न सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति « Khabarhub

बाढीपीडितको समस्या समाधान गर्न सबै तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति


१६ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा राजनीतिक संयन्त्र गठन गरी समन्वयात्मक रूपमा काम गर्ने सहमति जुटेको छ।

आज बसेको सर्वदलीय बैठकमा सबै तहमा राजनीतिक संयन्त्र गठन गरेर सहमतिका आधारमा विपद् व्यवस्थापनका काम अघि बढाउने विषयमा सहमति भएको नेकपाका नेता वर्षमान पुनले जानकारी दिए।

उनका अनुसार केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै राजनीतिक संयन्त्रले राहत, उद्धार तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउनेछ।

‘आजको बैठकको मुख्य उद्देश्य सबै तहमा राजनीतिक संयन्त्र बनाएर काम गर्ने सहमति गर्नु थियो। पछिल्लो समय सरकारले स्थानीय तहसँग समेत समन्वय गरेर काम गरिरहेको बुझेका छौँ। त्यसलाई थप प्रभावकारी बनाउन सबै तहमा राजनीतिक संयन्त्र बनाएर अघि बढाउने निष्कर्ष निकालेका हौँ,’ पुनले भने।

उनका अनुसार राहत वितरण, उद्धार तथा पुनर्स्थापनाका काम कति, कसरी र कुन प्राथमिकताका आधारमा गर्ने भन्ने विषयमा पनि राजनीतिक संयन्त्रले सहमतिका आधारमा निर्णय गर्नेछ।

बैठकमा सम्बन्धित निकाय तथा विज्ञहरूसँग समन्वय गरेर विपद् व्यवस्थापनका काम अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

त्यस्तै, सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुका साथै आवश्यक विज्ञ टोली परिचालन गर्ने विषयमा पनि बैठकमा नेताहरूले छलफल गरेका थिए।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ५ : ४५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली