जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ? « Khabarhub

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट ठूलो संख्यामा खेलाडी बाहिरिएका छन्।

केही खेलाडीलाई भारी रकममा बिक्री गरिएको छ भने केहीलाई ऋणमा अन्य क्लब पठाइएको छ।

​चेल्सीबाट बाहिरिनेमा अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेज सबैभन्दा महँगा बनेका छन्। उनी १४ करोड ५० लाख युरोमा म्यानचेस्टर सिटीमा आबद्ध भएका हुन्।

टोलीलाई नयाँ स्वरूप दिन र वित्तीय सन्तुलन कायम राख्न चेल्सीले यो ट्रान्सफर विन्डोमा खेलाडी बिक्रीको आक्रामक रणनीति अपनाएको देखिएको छ।

कुन खेलाडी कतिमा बेचिए ?

​एन्जो फर्नान्डेज (अर्जेन्टिना)- म्यानचेस्टर सिटी (€१४५ मिलियन)

​आन्द्रे सेन्तोस (ब्राजिल)- म्यानचेस्टर युनाइटेड (€५६.३ मिलियन)

​निकोलस ज्याक्सन (सेनेगल)- एस्टन भिल्ला (€५५.५ मिलियन)

​मार्क कुकुरेला (स्पेन)- रियल मड्रिड (€५५ मिलियन)

​लियाम डेलाप (इङ्ल्यान्ड)- नटिङ्गम फरेस्ट (€५२.५ मिलियन)

​ट्रेभो चालोबाह (इङ्ल्यान्ड)- कोमो (€३० मिलियन)

​ताइरिक जोर्ज (इङ्ल्यान्ड)- एभर्टन (€२१ मिलियन)

​मार्क गुइयु (स्पेन)- आरबी लेप्सिग (€१५ मिलियन)

​तोसिन आदारबायोयो (इङ्ल्यान्ड)- टोटेनह्याम (€११.६५ मिलियन)

​डेभिड दात्रो फोफाना (आइभोरी कोस्ट)- सर्भेट एफसी (€२.५ मिलियन)

​लोन ट्रान्सफर (Loan Moves):

​बेनोइट बाडियाशिल (फ्रान्स)- नापोली (€३ मिलियन लोन शुल्क)

​दास्तान सत्पाएभ (कजाकिस्तान)- बर्नली (€३५० हजार लोन शुल्क)

​अलेहान्द्रो गार्नाचो (अर्जेन्टिना)- एस्टन भिल्ला

​कालेब वाइली (अमेरिका)- प्रेस्टन

​एक्सेल डिसासी (फ्रान्स)- क्रिस्टल प्यालेस

​फिलिप जोर्गेन्सन (डेनमार्क)- स्ट्रासबर्ग

​मामादु सार (फ्रान्स)- रियल सोसिदाद

​रबर्ट साञ्चेज (स्पेन)- कोमो

​दारियो एसुगो (पोर्चुगल)- स्ट्रासबर्ग

​माइखाइलो मुड्रिक (युक्रेन)- टोटेनह्याम

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ६ : ४३ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको