माउरिन्हो टोटनह्यामका प्रशिक्षक नियुक्त « Khabarhub

माउरिन्हो टोटनह्यामका प्रशिक्षक नियुक्त


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस क्लब टोटनह्यामका मुख्य प्रशिक्षकमा जोजे माउरिन्हो नियुक्त भएका छन् ।

मंगलबार अप्रत्यासित रुपमा मुख्य प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई बर्खास्त गरेपछि क्लबले माउरिन्होलाई प्रशिक्षक नियुक्त गरेको हो ।

पूर्व चेल्सी र म्यानचेस्टर यूनाइटेडका मुख्य प्रशिक्षक माउरिन्होले सन् २०२२–०२३ को सिजनको अन्त्यसम्मका लागि टोटनह्यामसँग सम्झौता गरेका छन् ।

नयाँ प्रशिक्षक नियुक्त गरेसँगै टोटनह्यामका अध्यक्ष ड्यानियल लेभिले माउरिन्हो फुटबलमा एक सफल प्रशिक्षक रहेको बताएका छन् ।

पोचेटिन्हो सन् २०१४ मे मा क्लबको प्रशिक्षकको जिम्मेवारीमा आएका थिए । तर, उनले आफ्नो कार्यकालमा कुनै पनि उपाधि क्लबलाई जिताउन सकेनन् ।

अध्यक्ष लेभिले माउरिन्होसँग अथाह अनुभव रहेको र त्यहि अनुभवका आधारमा नयाँ ‘टेक्टिस’ लगाएर टिमलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : ५५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको